विराटनगर । रातो तारा डट कम, कतारको दोहामा सम्पन्न भएको अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाड २०१९ प्रतियोगितामा नेपालका नितेस गौतम तृतीय भएका छन् । विभिन्न ८० वटा देशका विद्यर्थाीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै नितेससहित ६ जना सो प्रतियोगिता भाग लिन गएका थिए ।
नितेस मात्र यो प्रतियोगिताबाट मेडल प्राप्त गर्न सफल भएका हुन् । प्रथम भारतका विद्यार्थी भएका थिए । नितेस मोरङको सुन्दरहरैचा नगरपालिका – ३ गछियास्थित माउन्ट मकालु उमाविको कक्षा १० मा अध्यररत छन् । आमा उमा र बुवा मुकुन्द गौतमको कोखबाट जन्मिएका नितेस !५ वर्षका छन् । मेडल प्राप्त गरि नितेस बिहीबार स्वदेश फर्किएका छन् । उनलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनी अध्ययनरत माउन्ट मकालु स्कूलका प्रिन्सिपल हेमन्त कार्कीसहित ठूलो संख्यामा विद्यार्थी र शिक्षकहरूले स्वागत गरेका थिए । नितेसले अन्तर्राष्ट्रिय मन्चमा पुगेर नेपालको नाम चिनाउन आपउँदा गौरान्वित भएको बताए ।
‘यो प्रतियोगितामा धेरै देशहरूबाट सहभागि भएका थिए,’ उनले भने,‘अन्तर्राष्टि मन्चमा पुगेर नेपालको तर्फबाट मेडल प्राप्त गरि आफ्नो देशलाई अन्तर्राष्टि स्तरमा चिनाउन सफल भएको छु ।’
Post a Comment