बिराटनगर मंसिर २९ गते । रातो तारा डट कम,अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा हुने भएको छ । मैथिली भाषा, संस्कृतिको संरक्षण गरिनुको तथा यसको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले उक्त सम्मेलन हुन लागेको हो ।
मैथिली एसोसिएशन नेपालको आयोजनामा पुष ६ र ७ गते विराटनरस्थित हाटखोलाको खेल मैदानमा सम्मेलन हुने आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो । मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली संस्कृति र यस प्रति अभिरूचि बढाउने उद्देश्यले मैथिली सम्मेलनको सुरु गरिने तयारी गरेको मैथिली एसोसिएसनका अध्यक्ष प्रविण नारायण चौधरीले जानकारी दिए ।
दुवै देशका मैथिली अभियन्ता संघ संस्थाका करिव २ सय ५० प्रनिधिहरुको सहभागीता हुने बताइएको छ । पहिलो दिन भाँकी प्रर्दशन गरिनुको साथै मैथिली, भोजपुरी, थारु, राजवंशी, हिन्दी, मारवाडी र नेपाली भाषाका कविद्धारा बहुभाषिक कवि सम्मेलन हुनेछ । सम्मेलनका मैथिली संस्कृति झल्कीने विभिन्न स्टलहरू पनि रहन्छ । पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।
Post a Comment