Websoft University

स्नातकोत्तर तहमा नाप, नक्साको प्रविधि सम्बन्धी पढाइले


काठमाण्डौ । रातो तारा डट कम,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब स्नातकोत्तर तहमा नाप, नक्सा सम्बन्धी प्रविधि सम्बन्धी पढाइ गरिने बताउनुभएको छ । 

भूमि प्रशिक्षण केन्द्रले ‘नापनक्सा सम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन’ विषयमा आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने जानकारी दिनुभएको हो । 

नाप नक्सा सम्बन्धी प्रविधी अन्तराष्ट्रिय स्तरको बनाइने बताउदै मन्त्री अर्यालले अन्तराष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालको भ्रमण गर्न आग्रह गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.