Websoft University

चलचित्र निर्देशक समाजमा अध्यक्ष पदमा दिनेश डिसीको उम्मेद्वारी


 काठमाडौँ। रातो तारा डट कम,यहिं आउदो मंसिर २८ गते हुन गईरहेको चलचित्र निर्देशक समाजको निर्बाचनमा अध्यक्ष पदमा पुन: दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी  दिनेश डिसीले उम्मेद्वारी दिने भएका छन् । डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचन बाट उनि अध्यक्ष पदमा चुनिएका थिए ।आवाजको दुनियाको साथी ऊपनामले चिनिने निर्देशक दिनेश डिसी  'प्रबल जनसेवा श्री' बाट सम्मानित व्यक्तित्व हुन् । 

निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पुर्बक आफ्नो कार्यकाल सम्पन्न गरेका चर्चित निर्देशक तथा संचारकर्मी दिनेश डिसीले निर्देशक समाजको हुन गईरहहेको आसन्न निर्बाचनको लागि पुन: अधक्ष्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि धेरै राम्रो कार्यहरु गरेका डिसीलाइ सम्पूर्ण निर्देशकहरुको दबाबइच्छा र चाहनाले गर्दानै पुन अध्यक्ष पदमा उम्मेद्वारी दिने मनस्थिति बनाएका हुन् ।

दिनेश डिसी भन्छन- नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैले उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि मलाई वहाहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अबस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरुचलचित्रकर्मी तथा कलाकारहरुकोआग्रह लाइ स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेद्वारी निर्णय गरेको छु ।

उनि थप्छन हामी चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रबर्धनमा लागिपरेको छौ तसर्थ अब हुने आसन्न निर्बाचनमा सम्पूर्ण निर्देशकचलचित्रकर्मीहरुको साथसहयोग सदभाब तथा मायाँ  पाउने कुरामा दुइमत छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.