Websoft University

तराईमा शीतलहरले जनजीवन प्रभाव पार्दै,



बिराटनगर पुस ३ गते । रातो तारा डट कम, तराईका बिभिन्न ठाउहरुमा शीतलहरका कारण जनजीवन प्रभावित बन्न थालेको छ । बाक्लो हुस्से कुहिरो र शीतलहरका कारण तराईका मानिसहरु प्रभावित बन्न थालेका हुन । शीतलहरका कारण बजारमा चलहपहल कम हुने गरेको पाइन्छ । सप्तरी,बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा लगायतका जिल्लामा शीतलहरले चिसो ब्ढेकैकारण दैनीक कामकाजपनि प्रभावित हुन थालेकोछ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र विपन्न नागरिक शीतलहरका कारण हरेक वर्ष बढी प्रभावित हुने गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तराईमा ८ डिग्रीदेखि १४ डिग्रीमा झरेको छ । शीतलहरका कारण सिमरा र जनकपुरको हवाई उडानपनि प्रभावित बनेको विमानस्थलले जनाएको छ । विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिविलिटी नहुृँदा दुवै विमानस्थलको उडानसेवा रद्द हुने र खुल्ने भइरहेकोछ । कुहिरोका कारण सवारीसाधन सञ्चालनमा पनि समस्या देखिएकोछ । कुहिरोका कारण सडकमा दुर्घटना बढ्न सक्ने भन्दै सबै जिल्लाका ट्राफिक प्रहरीले सतर्कता अपनाएर सवारी चलाउन आग्रह गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.