Websoft University

फुटबलमा जावलाखेलले पहिलो जित हात पार्यो


काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम,जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको १० औं मिनेटमा गोल गर्नुभएको हो । पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । जितसँगै जावलाखेलले दुइ खेलमा चार अंक जोडेको छ । सरस्वतीको लगातार दोस्रो हार हो । अंक विहीन सरस्वती पहिलो खेलमा एनआरटीसँग चार शून्यले पराजित भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.