Websoft University

उखु किसानको समस्या समाधान गर्न समिति



काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम,प्रदेश २ सरकारले उखु किसानको समस्या समाधानका लागि समिति गठन गरेको छ । मिलमा उखु विक्री गरे वापतको भुक्तानी नपाएर लामो समयदेखि उखु किसानले भोग्दै आएको समस्या समाधान गर्न प्रदेश सरकारले प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेको छ । 

प्रदेश सरकारका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले राज्यमन्त्री यादवको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले उखु किसान तथा चिनी उद्योगीहरुसँग छलफल, परामर्श, फिल्ड अवलोकन गर्दै एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछन् । 

उखु किसान र उद्योगीबीचको समस्या पहिचान गरी समाधान गर्नको लागि समिति गठन गरिएको समितिका संयोजक समेत रहेका राज्यमन्त्री यादवले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.