Websoft University

नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु


काठमाडौं । रातो तारा डट कम, नेस्ले इन्डियाले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ । यो प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५००, स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइनेछ । यो परियोजनालाई सर्वप्रथम भारतमा सन् २०१६ मा संचालनमा गरिएको थियो जहाँ ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड विक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो ।

प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड विक्रेताह?लाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । यी तालिमहरुले स्ट्रीट फूड विक्रेताहरुलाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाईमा ध्यान राख्न सिकाउछ जसले खाद्यजन्य रोगहरुबाट संरक्षण गर्दछ । यो अवसरमा बोल्दै नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले भनिन्,“सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरुका लागि निकै महत्वपूर्ण छ । हाम्रा स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । 

त्यसकारण ज्ञान र सीपका साथ स्ट्रीट फूड विक्रेताहरुलाई सशक्तिकरण गरे खाद्य सुरक्षाको प्रतिबद्धतामा लामो यात्रा तय गर्नेछौं ” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले भन्नुभयो, “नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य हो र स्ट्रीट फूड वितरण स्थानीयह?का लागि रोजगारीको एक महत्वपूर्ण श्रोत हो । यस क्षेत्रमा पर्यटक प्रबद्र्धनका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्षमा नेस्ले इन्डियाले स्ट्रीट फूड विक्रेताहरुको क्षमता वृद्धिका लागि गरेको पहल एकदम महत्वपूर्ण भएको छ । 

म विश्वस्त छु कि सर्भ सेफ फूड परियोजनाले नेपालको खाद्यान्न सुरक्षा पूर्वाधारको विकास र सुद्ढढीकरणमा सहयोग पुर्याउनेछ ।” नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंहले भन्नुभयो,“स्ट्रीट फूड विक्रेताह?लाई निपूर्ण बनाउने महत्वपूर्ण पहल हामी नेपालमा शु? गरिरहेका छौं । यसले स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा र स्वच्छताको बारेमा सिक्न सक्षम बनाउछ । नेस्ले इन्डियाले नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरिरहँदा हामी निकै उत्साहित छौं ।” 

नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक श्री सञ्जय खजुरियाले भन्नुभयो, “नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड परियोजना शुरु गर्न पाउँदा हामी निकै खुशी छौं । हामीले प्रशिक्षण कार्यक्रमहरुले सकारात्मक व्यवहार परिवर्तन ल्याउनुका साथै स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा रखाद्य स्वच्छतालाई गम्भीर रुपमा लिन प्रत्सोहान गरेको देखेका छौं । 

सफा र सुरक्षित खानाले अधिक ग्राहकहरु ल्याउँछ, विक्रेतारुको जीविका सुधार गर्छ साथै विक्रेताहरुको व्यवसायप्रति आत्मविश्वास बढाउन सहयोग गर्दछ । म आशावादी छु कि सर्भ सेफ फूड प्रोजेक्टले नेपालमा विक्रेता समुदायको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”नास्भीकी स्ट्रीट फूड प्रोगामकी प्रमुख सुश्री संगीता सिंहले भन्नुभयो,“सुरक्षित, स्वस्थ र स्वच्छ खाद्यको बारेमा चेतना बढाउनु प्रमुख महत्व हो । 

हामीले प्रशिक्षण सामाग्री विकास गरेका छौं जसले स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षामा सुधार गर्न सुसज्जित गर्नेछ।  यो महत्वपूर्ण उद्देश्य हासिल गर्न सम्पूर्ण सरोकारवालहरुसँग साझेदारीका लागि हामी उत्साहित छौं ।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.