Websoft University

एम्स कलेजमा शब्द युद्ध


बिराटनगर मंसिर २५ गते । रातो तारा डट कम,  विराटनगर–९ मा अवस्थित एम्स कलेजका विद्यार्थीहरुले कलेजले प्रदान गरेको परियोजनाका आधारमा एक कार्यक्रम गरेका छन् । विएचएम संकायमा अध्ययनरत विद्यार्थीहरुलाई दिइएको उक्त परियोजनामा विद्यार्थीहरुले कार्यक्रम व्यवस्थापन गर्ने, हल व्यवस्थापन गर्ने, नयाँ विद्यार्थी बिच सामाजीकिकरण गर्ने, आत्मविश्वास बढाउने कुराहरु समावेश थिए । विद्यार्थीहरुले गरेको उक्त कार्यक्रम व्ल्याक कोट भरसेस व्हवाइट कोट विषयक संसदिय प्रणालीमा आधारित बहस कार्यक्रम थियो । वादी र प्रतिवादी बनेर गरीएको उक्त कार्यक्रम कुनै संसदिय बहस भन्दा कम देखिदैन थियो । प्रतिस्पर्धि विद्यार्थीहरुको बेजोडको प्रस्तुति रहेको कार्यक्रममा क्याम्पस प्रमुख सिएम बस्नेत र कलेजकी मिस पे्रmसर विजया नेपालले आ–आफ्नो मन्तव्य दिएका थिए । प्रतियोगितामा प्रेक्षा पौडेल प्रथम, ईश्वर चौलागाईं द्वितिय र विकास बोहोरा तृतीय भएका थिए । प्रतियोगिताको निर्णय सोही कलेजमा विविएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी विजया नेपाल, मनमोहन दाहाल र अभिषेक गौतम थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.