Websoft University

भारतले जारी गरेको नक्सा नेपाल सरकारले नपान्ने ः परराष्ट्र मन्त्रालय


काठमाण्डौ कार्तिक २१ गते । रातो तारा डट कम,नेपाल सरकारले कालापानी नेपालकै भूभाग भएको स्पष्ट गर्दै भारतले सार्वजनिक गरेको एकपक्षीय नक्सा नेपालले नमान्ने बताएकोछ । भारतले जारी गरेको नयाँ नक्साबारे औपचारिक धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले भारतीय नक्साका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएकोछ, ‘दुई देशबीच टुंगिन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।’ परराष्ट्रले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्नेमा नेपाल दृढ रहेको उल्लेख गरेको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरेपछि नेपालमा सर्वत्र विरोध भएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.