Websoft University

चर्चामा,बरिलै,म्युजिक भिडियो


काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम, अमेरिकामा रहेकी गायिका नविता पौड्यालले केहि दिन अघि सार्वजनिक गरेको म्युजिक भिडियो ू बरिलै ू छोटो समयमै मिलियन कल्वमा प्रवेश गरेको छ । भिडियोले दर्शक स्रोताबाट ५०० बढि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ भने मिडिया हाउस बाट पनि राम्रो साथ पाइरहेको छ । नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायनलाई सोर्ताले रुचाएका छन् भने टिकटक बाट भाइरल भएका अमर र अमृतलाई समेत दर्शकले मन पराएका छन् ।

बरिलै ू बोलको यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ ।  दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन । भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ  भने जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.