शिव भट्टराई मोरङ-केही समय अघि सुनसरी जिल्लाको धरान उपमहानगरमा देखिन थालेको डेंगु बिस्तारै धरान देखि दक्षिणी भेगमा समेत यसको प्रभाव देखिन थालेको छ ।
पुर्वमा परेको केही दिन अघि को वर्षाका कारण धरानमा देखिन थालेको यो रोग तल दक्षिणी भेग तिर आउन थालेको अनुमान गर्न सकिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार इटहरीमा २ जना, बराह नगरपालिकामा १ जना,रामधुनी नगरपालिकामा २ जना र मोरङको केराबारी र सुन्दरहरैचामा समेत १/१ जनालाई डेङ्गुका बिरामी भएको पाइएको प्रसाईले जानकारी दिएका छन ।
सुन्दरहरैचामा डेंगु भेटिए लगतै सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले नगरवासीहरुलाई सतर्क रहन अनुरोध गरेका छन ।
डेंगु रोग सुन्दरहरैचा नगरपालिकाको खिर्साने बजारको एक स्थानियलाई भेटिएको हो ।
नगरपालिकाले भोलि देखि डेंगु नियन्त्रण गर्न ५ जनाको टिममा नगरभरी स्वास्थ्यकर्मी परिचालन गर्ने समेत जानकारी गरेको छ ।
Post a Comment