काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम,सल्यानमा कृषि सडक निर्माणमा ३ करोड रुपैँया बढी खर्च भएको छ । कृषि तथा फलफूल खेतीका लागी प्रख्यात मानिएको सल्यानमा कृषि सडक निर्माणको लागी ३ करोड ४७ लाख ७८ हजार रुपैँया खर्च भएको हो । भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अनुदानमा उपभोक्ता, सहकारी, समुह आदीले जिल्लामा १२ वटा ग्रामिण कृषि सडक निर्माण तथा मर्मत गरेका हुन् । प्रदेश सरकारको २ करोड ९० लाख रुपैँया अनुदान र स्थानियको लागत सहभागिता ५७ लाख ७८ हजार गरेर ३ करोड ४७ लाख ७८ हजार रुपैँया खर्च गरेर ग्रामिण कृषि सडक निर्माण तथा मर्मत गरिएको कृषि ज्ञान केन्द्र रुकुम पश्चिम, कार्यक्षेत्र सल्यानले जनाएको छ । बिगतमा भरपर्दो कृषि सडक नहुदाँ स्थानीय रुपमा उत्पादित कृषिजन्य बस्तुको निकासीमा समस्या भएपनि सडक निर्माण भएपछि यहाँ उत्पादित कृषिजन्य बस्तु, सुन्तला, अदुवा, बेसार, खसीबोका निर्यात गर्न सजिलो हुने स्थानीयले बताएका छन् ।
Post a Comment