मोरंङको सुन्दरहरैंचा वडा नंं ४ द्वारा आयोजना गरिएको ४५ दिने तालिम अन्तर्गत गुडिया , कुशन तालिम सम्पन्न भएको छ।सुन्दरहरैचा वार्ड नं.४ र घरेलू साना उद्योग कार्यलय बिराटनगरको समायोजनमा आयोजना गरिएको कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धना तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने महिला सिप विकास तालिम उपभोक्ता समितिकी अध्यक्ष मन्जु बस्नेतको सभापतित्व रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले उक्त सिप विकास तालिमले वडाका महिलाहरुलाई आत्मनिर्भर बनाई रोजगारी प्रदान गर्न सहयोग पुर्याउने बताउनु भतएको थियो।त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले सो वार्डले गत आर्थिक वर्षमा पनि ८४ जनालाई कम्प्यूटर तालिम , मखमलको जुत्ता चप्पल तालिम लगायत बिभिन्न तालिम दिंदै आएको र आउने दिनहरुमा पनि यस्तै सिप विकास तालिमको आयोजना गर्ने बताउनु भएको थियो।सो कार्यक्रममा विशेष अतिथि घरेलू साना उद्योग कार्यलय बिराटनगरका निमित्त प्रमुख गोकुल केसी , सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ की वार्ड सदस्य दुर्गा चौधरी लगायतले शुभकामना दिनु भएको थियो।त्यसैगरी उक्त तालिममा सहभागी प्रसिक्षार्थी साथै प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।
उक्त तालिममा दिकिता तामाङ, पार्वता गुरागाईले प्रशिक्षण दिनु भएको थियो।प्रशिक्षक गुरागाईले आफु अपंगता भएतापनि प्रशिक्षण दिने अवसर पाएकोमा निकै खुसी व्यक्त गर्नुभएको थियो। चैत्र १९ गतेबाट सुरुभएको महिला सीप विकास तालिममा वडाका ४० जना महिलाहरु सहभागी रहेका थिए भने सो कार्यक्रम महिला सिप बिकास तालिम उपभोक्ता सिमितिकी सदस्य भूमि भगतले संचालन गर्नु भएको थियो।
Post a Comment