काठमाण्डौ जेष्ठ २६ गते । रातो तारा डट कम,मकवानपुरमा पछिल्लो एक महिनाको अवधिमा ८४ वटा सडक दुर्घटना भएको जनाइएको छ । जसमा ४७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४० जना पुरुष, पाँच जना महिला र दुई जना बालबालिकाको वैशाख महिनाभरि भएको सडक दुर्घटनामा परि मृत्यु भएको छ । ट्राफिक कार्यालय मकवानपुरका प्रमुख विरेन्द्र ठाकुरका अनुसार धेरै जसो दुर्घटना हुने सवारी मध्ये मोरसाइकल पहिलो नम्बरमा छ । जथाभावी र प्रतिस्पर्धात्मक रुपमा सवारी साधन गुडाउनाले पनि यस्ता घट्ना बढ्न थालेको जिल्ला ट्राफिक प्रमुख ठाकुरको भनाइछ । साथै सडकका छाडा पशु चौपाया, सवारी चालकलाई ट्राफिक नियमको ज्ञान नहुनु र नियमनकारी निकायको उदासीनताले सडक दुर्घटना बढ्दै गएको उहाँले बताउनुभयो । गत आर्थिक बर्षमा मकवानपुरमा सडक दुर्घटनामा ५८ जनाले ज्यान गुमाएका थिए भने प्रदेस नम्बर तिनको अस्थायी राजधानी हेटौडा भएसँगै सवारीहरुको चाप उच्च रुपमा बृद्धी भएको र दुर्घटना पनि बढ्न थालेको छ ।
Post a Comment