Websoft University

मिडिया विधेयकको इटहरीमा विरोध


शिव भट्टराई  सुनसरी  जेठ २५ गते । रातो तारा डट कम,
इटहरीमा पत्रकारहरुले मानव साङ्लो प्रदर्शन गरेका छन् ।
संसदमा प्रस्तुत भएको मिडिया विधेयकको विरोधमा शनिबार मानव साङ्लो प्रदर्शन गरेका हुन् । कार्यक्रममा सुनसरी, मोरंग, झापालगायत जिल्लाका पत्रकारहरुको सहभागिता थियो ।

सरकारले प्रस्तुत गरेको विधेयकले पत्रकारको स्वतन्त्रता संकुचित गरेको आरोप पत्रकारहरुको छ । विधेयकको विरोधमा पत्रकार महासंघको केन्द्रिय समितिले लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आएको छ ।

यस्तै शनिबार नै इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि दुव्र्यवहार गरेको विषयमा बुझ्न आएको मिसन टोलीले छलफल सुरु गरेको छ ।

छलफलमा सहभागि सुनसरीभरीका पत्रकारहरुले इटहरीमा पत्रकारिताको लागि सहज वातावरण बनाउन माग गरेका थिए । यस्तै पत्रकारिताभित्र रहेका समस्या र कमजोरीहरु सुधार्नुपर्नेमा समेत जोड दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.