Websoft University

कटारीमा एक महिलाले दुईवटा नागरिक्ता


श्याम राई -उदयपुर, गाईघाट,जेष्ठ २८ गते ।
रातो तारा डट कम,उदयपुरको कटारीमा एक महिलाले छुट्टा छुटै नामबाट दुईवटा नागरीकता लिएको खुल्न आएको छ ।
कटारी नगरपालिका–४ गवुवाकी २५ वर्षिया धनमाया राईले उदयपुर र सिन्धुली जिल्लाबाट नागरिकता बनाएकी हुन् । उनले पतीको नामबाट धनमाया र बाबुको नामबाट शितल नाम राखेर नागरिकता बनाएकी हुन् ।

धनमायाको २०६७ सालमा सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि विवाह दर्ता गरेर उनले पतीको नामबाट दुधौली नगरपालिकाबाट धनमायाको नामबाट नागरिकता लिएकी थिईन् । पतीको सनाखतबाट सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २०६९ माघ २३ गते २०÷०१ र ०६९÷०३३७५ नम्बरको पहिलो नागरिकता लिएको जिल्ला प्रशासन सिन्धुलीले जनाएको छ ।

उनले २०७४ भदौ २९ गते ईलाका प्रशासन कार्यालय कटारीबाट शितलको नामबाट दोश्रो नागरिकता लिएकी हुन् ।
कटारी नगरपालिका वडा न.४ को स्थायी बासिन्दाको हैसियतबाट वडा अध्यक्षको सिफारीसमा उनले दोश्रो नागरिकता लिईएकी हुन् । वडा अध्यक्ष कृष्ण राज दनुवारको सिफारीसमा उनले निकालेको नागरिकतामा १४÷०२ र ०७४÷०१४१२ नम्बर उल्लेख छ ।

पतीसँगको मनमुटाब भएपछि उनले कटारीबाट नाम परिवर्तन गरेर अर्को नागरिकता बनाएको अनुसन्धानबाट खुल्न आएको छ । एउटै व्यक्तिले दुईवटा नाममा सहजै नागरिकता बनाएपछि स्थानीय प्रशासनका कर्मचारी माथि आर्थिक चलखेलको आरोप लागेको छ।

ईलाका प्रशासन कार्यालय कटारीका प्रशासकीय अधिकृत सुनिल पौडेलले सबै प्रकृया पूरा गरेर आएकोले नागरिकता दिएको बताए ।‘ सबै प्रकृया पूरा गरेर आएपछि हामीले नागरिकता रोक्न मिल्दैन वडाको अध्यक्षबाट सिफारीस आएकोले उनले सबै जिम्मेवार लिनु पर्छ ।’

उनले भने । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुब वहादुर खड्काले एकै व्यक्तिले दुई वटा नागरिकता लिएको खुल्न आएमा लिने र दिने उपर नागरिकता ऐन अनुरुप कार्यवाही हुने बताए । नागरिकता ऐन २०७५ अनुसार कसैले झुठो विवरण दिएर दोहोरो नागरिकता लिएमा ५ वर्ष सम्म कैद र २० हजारदेखि एक लाख सम्म जरिवाना हुने व्यवस्था छ । भने सिफारीस गर्ने व्यक्तिलाई समेत कानूनी कार्यवाही हुने व्यवस्था छ ।

प्रजिअ खड्काले दोहोरो नागरिकता लिएको विषयमा प्रशासनले छानविन शुरु गरेको बताए ।


                 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.