Websoft University

ट्राफिक प्रहरी कार्यालय दमक झापाको भवन शिलान्याश


झापा बैशाख २३ गते । रातो तारा डट कम, ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्याश गरीएको छ। उक्त भवनको आज एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गर्नु भएको हो।
आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले जनसमुदायले प्रहरीबाट अपेक्षा गरे अनुरुपको प्रहरी सेवा प्रदान गर्न हरदम तयार रहनुका साथै शान्ति सुरक्षा सुदृढीकरणमा नागरिकको अहम भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ति सुरक्षा थप सुदृढ हुन सक्ने बताउनु भयो। वहाँले सफा मनले आफ्नो आचरण र ब्यवहारमा सुधार गरी निष्पक्ष र पारदर्शी भएर जनताका कामहरु गर्न प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुका साथै सुरक्षित बासस्थानको व्यवस्था भएसंगै प्रहरीले आमनागरीकलाई दिने सेवा पनि भरपर्दो हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

१ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्रालयको २० लाख, दमक नगरपालिकाबाट १० लाख र अन्य स्थानीयवासीहरुको सहयोगमा जम्मा २ करोड ८३ लाख २७ हजार २५० को कुल लागतमा ३ तले सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुन लागेको हो । उक्त भवनमा सुबिधा सम्पन्न १४ वटा कोठा रहने छन् भने र छुट्टै मेश समेत निर्माण हुने छ । कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष गणेश बहादुर बस्नेतले आम नागरीकको सेवामा २४ सै घण्टा खटिने प्रहरीको उचित गाँस बासको ब्यबस्था भएमा मात्र उच्च मनोवलका साथ सेवा प्रदान हुने हुँदा प्रहरीको लागि सुबिधा सम्पन्न आवास तथा भान्सा घर निर्माणले स्थानीय स्तरको सुरक्षामा थप टेवा पुग्ने आफुले बिश्वास लिएको बताउनु भएको थियो ।

 कार्यक्रममा दमक नगरपालिका उप(प्रमुख, स्थानीय जनप्रतिनिधीहरु, बुद्धीजिवी, नागरीक समाजका अगुवाहरु, पत्रकार , स्थानीयवासीहरु लगायत २०० भन्दा बढीको उपस्थीति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.