काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम,संसदमा सक्रियतापूर्वक सहभागी हुँदै प्रभावकारी प्रतिपक्षीको भूमिका खेल्ने निर्णय नेपाली काँग्रेसले गरेकोछ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा १९ गते बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
सहमहामन्त्री प्रकाशसरण महतले पदाधिकारी बैठक सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, पार्टीको राष्ट्रिय जनजागरण अभियान र सरकारका गतिविधिमा केन्द्रित रहेको बताउनुभयो । वैशाख २५ गते ७७ जिल्लामै सुरू हुने जनजागरण अभियानमा जिल्लामा केन्द्रीय सदस्य खटिएको र सात प्रदेशमा हुने जनजागरण अभियानमा खटिने पार्टी पदाधिकारीहरूको बारेमा पनि बैठकमा छलफल भएको नेताहरूले बताएका छन् ।
Post a Comment