काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताउनुभएको छ । दक्षिण एशियाली उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै अािर्थक विकास र उन्नतिलाई प्राथमिकतमा राख्नुपर्नेमा जोड दिँदै समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्ने नेपालको चाहाना भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भने अव नेपालले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताउनुभयो । ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौँ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही समय विभिन्न कारणले हामी पछि प¥यौँ तर अब त्यो समय सकियो, हामी अघि बढ्छौँ ।’
Post a Comment