Websoft University

न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउने—प्रधानमन्त्री



काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १ सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा, संयुक्त ट्रेड युनियम समन्वय केन्द्रले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मजदुरका मागलाई लागू गराउन संयोजनको भूमिका खेल्ने बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले इतिहासमै यो सरकारले मजदुरको हितको लागि काम गरेको दाबी गर्नुभयो । सरकारले रोजगारको ग्यारेन्टी गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाल औद्योगिक शान्तिको लागि विश्वमै नमुनाको देशको रूपमा अगाडि बढिरहेको दाबी गर्नुभयो । 

प्रचण्डले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो छुट्याएर अघि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो । पुँजीवादीसँग समन्वय गर्दै हातेमालो गर्ने हो भने आचरण, संगठन मजदूरको हितमा नहुने उहाँको भनाइ छ । समाजवादी कि पुँजीवादी कता जाने हो बहस हुनुपर्ने उहाँले बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.