Websoft University

अरनिको आवासीय माध्यमिक विद्यालयले पनि संविधान दिवस भनायो



विराटनगर,असोज ४ गते । रातो तारा डट कम,अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरले संविधान दिवसको अवसरमा कविता तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । ३ गते भएको वक्तृत्वकलातर्फ क्रमशः अर्जुन आचार्य, सवनम सुब्बा, अभिषेक चौधरी र ग’न्जन अग्रवालले प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हाँसिल गरेका छन् भने कवितातर्फ क्रमशः दिपेश ग’रागाई, रुसा चौहान, एलिना पराजुली र अष्टिन कार्कीले प्रथम द्वितीय, तृतीय र सान्तवना स्थान हाँसिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा कलेजमा अध्ययनर कक्षा ११ र १२ विद्यार्थीहरु सहभागि रहेका थिए । कवितातर्फ ३२ जना प्रतियोगी सहभागी भएका थिए भने वक्तृत्वतर्फ २५ जना प्रतियोगीको सहभागिता रहेको थियो। प्रतियोगितको विजेता छात्र, छात्राहरुलाई विद्यालयका प्रिन्सिपल राजेश कार्की, सञ्चालक सदस्य डा. भविन्द्र निरौला शिक्षक अरुण कोइराला, शम्भु आचार्य, शरण गौतम र अर्जुन ढ’ुगानाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक विमल भट्टराईले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.