काठमाण्डौं, असोज २ गते । रातो तारा डट कम,पर्सा,वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा १ गते आगलागी हँुदा करोडौँ रुपैयाँको क्षति भएको छ ।
बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
उद्योगमा लागेको आगो वीरगञ्ज महानगरपालिका, पोखरी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज, कलैया नगरपालिका र सिमरा विमानस्थलको बारुणयन्त्रद्वारा आगो निभाइएको हो । आगलागीको कारण तथा क्षतिबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Post a Comment