Websoft University

अलैँची भट्टीमा आगलागी ७ लाखको क्षति


ताप्लेजुङ, भाद्र २८ गते । रातो तारा डट कम,ताप्लेजुङको मौवाखोला गाउँपालिका-२ स्थित डाँडा गाउँमा बिहीबार राती अलैँची भट्टीमा आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको छ ।

राती १ बजेको समयमा सोही स्थान बस्ने लक्ष्मण वनेम लिम्बुको भट्टी माथी सुकाएको दाउरामा अचानक आगलागी भएको थियो ।

आगलागीबाट लिम्बुको ढुंगा माटोले बनेको फुसको छानो भएको २ तले घर, काठपात र ४० किलो अलैँची जलेर नष्ट
हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय
ताप्लेजुङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.