विराटनगर,असोज ३ गते । रातो तारा डट कम, विदेश जाने विद्यार्थीहरूका लागि २७ वर्षदेख शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पुर्वको तीन सहरमा शुुरू गरेको शैक्षिक मेला हिजो विराटनगरमा सम्पन्न भएको छ ।
अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला आइतबार धरानबाट शुुरू भरेको शैक्षिक मेला विराटनगरमा आएर सम्पन्न भएको हो ।
शैक्षिक मेला आइतबार धरान , सोमबार इटहरी र हिजो विराटनगरमा गरी तीन दिवशीय शैक्षिक मेलाको आयोजना गरेको थियो अल्फाबिटा कन्सलटेन्सीको विराटनगर प्रबन्धक टिका ढकालले शैक्षिक मेलामा अस्टेलिया, अमेरीका, युरोप र भारतका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले उच्च शिक्षाकालागि विदेश जान चाहाने विद्यार्थीहरूलाई काउन्सीलिङ गरेको बताए ।
२) वटा स्टल राखिएको शैक्षिक मेलामा अष्टेलीयाबाट मात्र १४ वटा स्टल राखिएको थियो । शैक्षिक मेलामा, विराटनगर इटहरी र धरानमा पाँच पाँच सय विद्यार्थीहुरूले अवलोकन गर्ने सहभागि रहेको ढकालले जानकारी दिए । अल्फाविटा एजुकेसन कन्सलटेन्सीबाट वर्षमा १ हजार १ सय जना विद्यार्थी अस्ट्रेलिया, अमेरिका , न्यजील्याड , युरोप, प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा विद्यार्थीहरू पढाउदै आएको छ ।
Post a Comment