झापा, भाद्र ३१ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा एरियाबाट शनिबार लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।
दिउँसो पौने १ बजेको समयमा लागुऔषध सहित झापा दमक नगरपालिका-३ बस्ने बर्ष २२ को सुमित न्यौपाने र बर्ष १९ को मोती दर्जीलाई पक्राउ गरेको हो ।
उनीहरु माथी शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध लुपिजेसिक-१७ एम्पुल, फेनारागन-१७ एम्पुल र डाईजेपाम-१९ एम्पुल फेला पारी बरामद गरिएको हो ।
बरामद लागू औषध सहित दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment