Websoft University

नेपाली फुटबल राष्ट्रिय टोलीलाई विराटनगरबाट आज भव्य रुपमा विदाई,

बिराटनगर भदौ ३१ गते । रातो तारा डट कम,भारतको आग्रामा हुन लागेको ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल राष्ट्रिय टोलीलाई विराटनगरबाट भव्य रुपमा विदाई गरिएको छ ।

नेपालका विभिन्न जिल्लाबाट छनौटका २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोलीलाई आईतबार एक कार्यक्रम विच विदाई तथा शुभकामना दिईएको छ ।

विदाई कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ ९एन्फा० का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले खेलाडी टोलीको विदाई गरेका हुन् ।

छनौट भएका खेलाडी तथा अफिसियल टोलीलाई विराटनगरमा एक कार्यक्रम विच अविर, माला, खादा तथा खेलकुद सामाग्री प्रदान गरी सहित विदाई गरिएको हो ।

विदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपाली फुटबलले नयाँ उचाई र नयाँ गति लिने विश्वास व्यक्त गरे । यू–१८ राष्ट्रिय टोलीको प्रशिक्षण पहिलो पटक प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा गरिएकोमा अभार व्यक्त गर्दै राईले विदेशी भूमिमा उच्च मनोवल, पूर्ण आत्मविश्वासका साथमा खेल कला देखाउन नेपाली खेलाडीलाई हौसला प्रदान गरे ।

त्यसैगरी सामाजिक विकास मन्त्री घिमिरेले फुटबल राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले खेलाडीले पनि त्यही हिसावको प्रदर्शन गर्नु पर्नेमा जोड दिए । प्रदेशमा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

विदाई कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले सबै प्रतियोगिताको काठमाडौंमा भइरहने बन्द प्रशिक्षणलाई ‘आइसब्रेक’ गर्दै एसियन च्याम्पियनसिपको बन्द प्रशिक्षण विराटनगरमा गराएर नेपाली फुटबल इतिहास भत्काइएको दावी गरे ।

इतिहास भत्काउन पनि भारतको आग्रा अनुकुलको मौसम रहेको विराटनगरमा बन्द प्रशिक्षण राखिएको उनको भनाइ छ । मेयर पराजुलीले नेपालबाट आउने खेलाडी अत्यन्त मेहनती र लगनशील छन् भन्ने सन्देश सबैमा पु¥याउने खालको खेल प्रदर्शन गर्न आग्रह गरे । साथै खेलाडीलाई जितेर आउन पनि आग्रह गरे ।

धनुषाका दिनेश हेन्जनमा कप्तानीमा २० खेलाडी

१० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ । धनुषाका हेन्जनले यस अघि १६ र १९ वर्ष मुनीको अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । कप्तान हेन्जन भने नेपाली टिमले विदेशी भूमिमा उत्कृष्ट खेल देखाउने बताएका छन् । राष्ट्रिय टिमको नेत्रृत्वदायी भूमिकामा रहेका हेन्जन त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि टोली पूर्ण रुपमा तयार रहेको जानकारीदिए। एन्फाका केन्द्रीय सदस्य तथा नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले बन्द प्रशिक्षणको व्यवस्थापन र खेलाडीको अभ्यासमा कुनै कमि आउन नदिएको बताए ।

२० जना खेलाडीको नाम:-

नेपाली टिममा रहेका २० जना मध्ये १३ जनाले यस अघि अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । सात जना नायाँ अनुहार छन् ।
नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई डिफेन्सको भूमिकामा रहने छन् ।

नितिन थापा, मनिष थापा, जय गुरुङ, सेतेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा कप्तान दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, प्रशिक्षकमा पासाङ तामाङ, गोलरक्षक प्रशिक्षकमा चक्रबहादुर तामाङ, टिम व्यवस्थापक रुपेश अधिकारी, अफिसियल दिपेन्द्र तिवारी, रेफ्री श्रवण लामा, फिजिओ प्रवेष भट्राई र पत्रकार किशोर बुढाथोकी टोलीमा छन् ।

प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने टोली व्यवस्थापक रुपेश अधिकारीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.