Websoft University

गंगाधर पराजुलीलाई मातृशोक


बिराटनगर असोज २ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघका पूर्वउपसभापति एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई मातृशोक परेको खवरले नेपाल पत्रकार महासंघ दुःखी र स्तब्ध भएको छ । 

उहाँकी ९३ वर्षीया ममतामयी माता कलावती पराजुलीको असोज १ गते सोमबार निधन भएको हो । अचानक स्थास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँको गण्डकी मेडिकल कलेजको सघन उपचार कक्ष (आइसियु) मा उपचार भैरहेको थियो । स्वर्गीय पराजुलीका चार छोरा र एक छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा महासंघका पूर्वउपसभापति एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पुराजुलीसहित शोकसन्तप्त परिवारजनप्रति महासंघका 
 महासचिव रमेश बिष्ट ले बिज्ञप्ति जारी गहिरो समवेदना व्यक्त गर्दछ ।

    
   
    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.