बिराटनगर भदौं २८ गते । रातो तारा डट कम, बिराटनगरमा आज भोलि यातायात संग संम्वन्धित निकायहरुले चासो नदेखाएर हो, कि ! किन हो ? महानगर भित्र जताततै ट्राफिक जामको समस्यले यात्रुहरुलाई पिरोल्न थालेकोछ ।
बिराटनगरमा बिकासको नाममा जताततै बाटा खन्ने तर लामो समय सम्म नबनाउने कारणले पानी आउदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने क्रम रोकिएको छैन ।
हिलो र धुलोले ग्रस्त बिराटनगरमा अहिले फेरी अर्को समस्य थपिएकोेछ, त्यो बिराटनगरले धानै नसक्ने गरी सिटी रिक्सा ट्याम्पु बिक्रम ट्याम्पु पुराना रिक्सा र हल्का सवारीका साधानहरु राख्ने ठाउँहरुको व्यावस्था नहुँदा जुनसुकै बाटो किनारामा राख्ने घुमाउने तेर्साएर राख्ने जस्ता कुरालाइ पनि ट्राफिले नियान्त्रण नगर्दा समस्या त भएकै थियो तर बाहिर दर्ता भएका सिटी सिक्सा ट्याम्पु बिक्रम ट्याम्पु बिराटनगर भित्रने तर फेरी फर्केर आफनो ठाउ जनाने भएकाले इ- रिक्सा सिटी रिक्सा रिक्साहरुले जताततै बटो जाम गरिरहेको
पाइन्छ ।
यो समस्य बेलै बिराटनगर महानगरपालिका र ट्राफिक कार्यलयले समाधानको बाटो नअपनाउने हो भने यसले महानगर भित्रको ट्राफिक जामको समस्यमा इान जटिल्ता ल्याउने कुरामा दुई मत नहोला ।
महानगरले इ– रिक्सा र रिक्सा आवस्यक्ता भन्दा बढी दर्ता नदिएको दावी गरेको छ, भने बिक्रम ट्याम्पु ट्याम्पु यातायात व्यावस्था कार्यलयले अनियान्त्रित रुपमा दर्ता दिईरहेको बुइिाएकोछ ।
यसै बिषयलाई लिएर रातो तारा डट कमले महानगर बिराटनगरका सुचना अधिकृत नन्दिकेसर भण्डारी संग सम्पर्क गरेर बुइादा नगरले इ–रिक्सा १७२६,दर्ताका लागि सिफारिस यातायातलाई गरेको छ,भने रिक्सा २४५० यहाँबाट दर्ता दिएकोमा अहिले धेरै पलाएन भइसकेका छन ।
अनेत्र संन्चालन अनुमति लिएर बिराटनगर पबेश गरिसके पछि फेरी नफकने भएकाले यो नगरमा सिटी रिक्साकै कारण ट्राफिक जामको समस्य बढदै गएको हो । यो समस्य ट्राफिक कार्यलय र महानगरको समन्वयमा नियान्त्रर्ण सम्वन्धि छिटो कदम चाल्नु पर्ने देखिएको सुचना अधिकृत भण्डारीले बताउनु
भयो ।
Post a Comment