मोरङ, साउन २० गते । रातो तारा डट कम,
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले आइतबार दिउँसो १५:३० बजे विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर भन्सार कार्यालयको ढाट नजिकैबाट लागूऔषध सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत अररिया जिल्ला फारबिसगञ्ज नगरपञ्चायत ६ बस्ने वर्ष १८ को प्रलाद दासलाई ब्यूरोको टोलीले लागूऔषध डाइलेक्स डिसी ३० बोतल, स्पास्मोप्रोक्सिवन क्याप्सुल ४८ पिस र नाइट्रोसन १० पिस सहित पक्राउ गरेको हो । दासले भारत जोगबनी बजारबाट लागूऔषध बोकेर आउँदै थिए ।
प्रहरीले उनको झोलाबाट सो लागूऔषध बरामद गरेको हो । पक्राउ परेका दासलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
Post a Comment