Websoft University

स्वेता र भाइचुङ बने नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को बिजेता


काठमाडौँ,साउन ५ गते । रातो तारा डट कम नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजन सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो ।

एघार जना अन्य प्रतिश्प्रधिहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न सफल भएकी छन, भने फर्स्ट रनरअप अलिना ब्लोन  र सेकेण्ड रनरअपमा रितु श्रेष्ठ भएकी थिइन् भने मस्ट पपुलरमा जेनिशा श्रेष्ठले ताज जित्न सफल भएकी थिइन्  ित्यसैगरी पुरुष तर्फ आठ जना प्रतिश्प्रधिलाइ उछिन्दै भाइचुङ राइ बिजेता बनेका छन भने फर्स्ट रनरअप सागर कार्की र सेकेन्ड रनरअप सन्दिप बम भएकाछन ।

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ,पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य  गरेको निर्देशक सुजन रिमालले बताए ।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को अन्तिम प्रतिश्प्रधा गोपाल सुन्दर लाल कक्षपतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने डा सुशिला मल्ल, संचारकर्मी गीता अधिकारी निर्देशक राजु केसी र किशोर पौडेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।

कोरियोग्राफर  दिवस भट्टराइले कोरियोग्राफ्री गरेका नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिलेले आयोजना गरेको थियो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

यस सौन्दर्य प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका अधक्ष्य डेभिल सिंह राजपुत बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.