श्याम राई-उदयपुर- गाईघाट, चैत्र २८ गते । रातो तारा डट कम,त्रियुगा नगरपालिका वडा न. १३ स्थित था रूहट रंगलशाला नजिकै बुधबार दिउसो शक्तिशाली बम विष्फोट हुदा १३ वर्षिय बालक शख्त घाईते भएका छन् ।
रंगलशाला जानेबाटो छेऊमा बेवारीसे अवस्थामा रहेको झोला खोलेर हेर्ने क्रममा बम विष्फोट हुदा स्थानीय मणि कुमार राईको छोरा पारस राई गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
बम विष्फोटबाट बालको टाउको र पेटमा छर्र लागेको छ । घाईते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुशन्धान गरिरहेको एस.पी.नवराज भट्टले बताए ।
Post a Comment