Websoft University

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु


मोहन कुमार राई -संखुवासभा चैत्र २५ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर नगरपालिका २ स्थित तिखिढुङ्गाको सल्लेरी भन्ने स्थानीय भिरवाट को २ त ५८०५ नं.को ट्याक्टर गुडेर गईरहेको बेला आकस्मिक टयाक्टरको डाली सडकवाट घस्रेर चिप्लिएसंगै ट्याक्टरमा यात्रागर्ने ३ युवा मध्ये २ को घटना स्थलमा नै मृत्यु भएको छ, यसैगरी एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको मादी नगरपालिका ७  वाघाका २२ वर्षिय टंक  पौडेल, सोही वडाका अन्दाजी ३२ वर्षिय हर्कबहादुर राई, ३० वर्षिय राजेन्द्र राईको ट्याक्टर दुर्घटनामा आज अपरान्ह मृत्यू भएको ईलाका प्रहरी कार्यलय चैनपुरले जनाएको छ ।  प्रहरीका अनुसार मेन्छ्याम हाईड्रोपावर प्रा.लि. को विद्युतको खम्बा लिएर जाने क्रममा तिखीढुङ्गाको भीर वाट १ सय मिटर तल खस्दा युवाहरुको मृत्यु भएको हो ।

 मृतक तीन वटै युवाहरुको लास प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राख्ने तयारी भईरहेको छ । पौडेलको लास भने प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ । ट्याक्टर चालक रमेश श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यसै गरी आजै चिचिला गाउँपालिका स्थित भित्री सडकमा ट्याक्टर चढ्ने क्रममा चिचिला ४ का ५७ वर्षिय कृ्ष्णबहादुर थापा घाइते भए सँगै उपचारको क्रममा खाँदवारी अस्पतालमा साझ साढे ५ बजे थापाको मृत्यु भएको छ । को २ त ५९८ नं.को ट्याक्टरबाट सवार गर्ने क्रममा चिचिला वडा नं. २ का चालक अन्दाजी २० वर्षीय उमेश राई प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.