Websoft University

चैनपुर बाह-विसे सडक तीव्र गतिमा निमार्ण हुँदै

(फायल फोटो)
काठमाडौ चैत २६ गते । रातो तारा डट कम,चैनपुर वाह्रविसे सडक खण्ड अन्तर्गत १६ किलोमिटर सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढेसँगै सडक निमार्णले गति लिएको छ ।

राष्ट्रिय ग्रामीण यातायात सुद्रिढीकरण कार्यक्रम को सहयोगमा नेपाल सरकार र विश्व बैैकको संयुक्त लगानीमा सो सडकको निमार्ण कार्यका लागि श्री ओसिस् एण्ड श्री जयन्ती कम्पनीले कामको जिम्मा लिए सँगै यसै आर्थिक वर्षको असार मसान्त भीत्र काम सम्पन्न गर्ने गरी ९ करोड ५६ लाखको लागतमा सडक निर्माणको लागि चैनपुरको मिलडाँडा देखि वानाको भैसी चोक सम्मको १६ किलोमिटर सडक बनाउने भएको छ।

सडकको  ठाउँ ठाउँमा ग्याविन वाल, नाली निर्माण, होमपायप विछ्याउने र सडको चौडा कटिङ्ग गर्नुका साथै सडकमा रोडा सहितको सववेसको कार्य सन्तोषजनक रहेको निरीक्षणको क्रममा चैनपुर नगरपालिकाका मेयर भरत कुमार खत्री सहितको सञ्चारकर्मी , स्थानीय अगुवा र ठेकेदार सहितको उपस्थितिमा मेयर खत्रीले यस्तो धारणा राख्नुभएको हो ।

खत्रीले अहिलेसम्म कामको प्रगतिलाई हेर्दा चैनपुर देखि हेवाखोलासम्मको ८ किलोमिटर सडक खण्डमा युद्धस्तरमा काम गर्दा पनि ५० प्रतिशत मात्र काम भएको हुँदा हेवा देखि वानाभैसी चोक सम्मको सडकलाई पनि युद्धस्तरमा काम अगाडी बढाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा निर्माण व्यवसायीका प्रतिनिधिहरु वीरेन्द्र अधिकारी र लोकबहादुर लिम्बूले आफुहरुले जिम्मा लिएको काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु
भयो । चैनपुर बाह«विसे सडक निर्माणकार्य सम्पन्न भएपछि जिल्लाका आधादर्जन स्थानीय निकायका सर्वसाधरण जनताहरुलाई आवत जावतमा सहजता पुग्ने जिल्ला प्राविधिक कार्यालयका सव इन्जीनियर प्रमोद चौधरीले जानकारी दिनुभयो ।

खेल मैदान व्यवस्थित गर्न आयोजक जुट्यो
 प्रदेश नं १ को प्रदेश स्तरीय मेयर गोल्डकप प्रतियोगिता चैनपुर नगरपालिकाले आयोजना गरेसँगै खेलमैदान व्यवस्थित गर्न आयोजक जुटेको छ ।
आगमी बैशाख १५ बाट सञ्चालन गरिने सो मेयर गोल्डकप प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाबाट १६ बढी टिमहरु सहभागी हुने आयोजक समितिका संयोजक चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले जानकारी दिनुभयो ।
प्रदेश स्तरीय फूटबल प्रतियोगितालाई व्यवस्थित गर्न संखुवासभा बहुमुखी क्याम्पसको ७० मिटर चौडाई र १ सय मिटर लम्बाईको खेल मैदानलाई नाली निर्माण गर्दै खेलमैदानका सबै कर्नरहरु र कम्पाउण्डभित्र रहेका सामाग्रीहरु व्यवस्थित गर्दै खेल खायोजक समिति अहोरात्र खटेको देखिन्छ । नगरपालिकाको डोजर प्रयोग गरी खेल मैदानलाई सम्याउनेकाम २ दिन भित्र सकाउने प्राविधिक विक्रम गिरीले जानकारी दिनुभयो ।

यसै गरी खेलमैदानको गोलपोष्टलाई फलामको वल्डीङ्ग गरेर बनाउने तयारी भैरहेको खेल आयोजक समितिका संयोजक मुकुन्द श्रेष्ठले जानकारी दिनुभयो । चैत्र २५ गते आजै खेल आवस समितिका संयोजक बलबहादुर अधिकारीको अध्यक्षतामा बसेको वैठकले विभिन्न जिल्लाबाट आउने खेलाडीहरुलाई आवसको प्रवन्ध मिलाउनेगरी नगरपालिकाको चैनपुर, खराङ्ग र पोखरी बजारका होटल व्यवसायीहरुसँग समन्वय गरेर खेललाई व्यवस्थित गर्न लागिएको जनाइएको
छ ।

प्रदेश स्तरीय फूटबल प्रतियोगितमा पूर्वका विभिन्न सहरहरुबाट हजारौको संख्यामा खेलाडीसहित दर्शकहरुलाई उतार्नेगरी प्रतियोगिताको तयारी भइरहेको सो फूटबलको प्रथम द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमहरुलाई आर्कषक नगद, गोल्डमेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरी खेललाई आगमी वर्षहरुमा समेत निरन्तरता दिनेगरी खेलको आयोजना गरिएको जनाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.