विराटनगर,चैत २९ गते । रातो तारा डट कम, मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन यहाँ अभियान सञ्चालन गरिएको आज भएको पत्रकार सम्मेलनमा ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’का निर्देशक होमनाथ आचार्यले बताउनु भएको छ।
मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’ले इँटा भट्टाहरूमा शिक्षा बालश्रममुक्त हुनु पर्ने, स्वास्थ्य शिक्षा सुरक्षामा ध्यान दिइनु पर्ने, वातावरण मैत्री हुनुपर्ने, आवास सुविधागायत कुरामा जोड दिएकोछ ।
इन्सेटिभ नेपालका अध्यक्ष होमनाथ आचार्यले इँटा भट्टालाई उद्योगको रुपमा दर्जा दिइनुपर्ने र बालश्रम प्रयोग भएका इँटा उद्योगमाथि निगरानी गरिनुपर्ने बताउनुभयो ।
‘गेटर ब्रिक नेपाल’का अध्यक्ष डिल्लीराम गिरीले सरकारले इँटा भट्टामा बालश्रम न्यूनीकरणका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष कुमोद अधिकारीले इँटा भट्टालाई बालश्रममुक्त बनाउन महासंघले जनचेतना जागरण अभियानमा सहयोगीको भूमिका खेल्ने बताउनुभयो ।
संस्थाले अगुमन गरेका इँटा भट्टामा बालबालिकाका लागि आवासीय विद्यालय स्थापना, खेलकूद मैदान, स्वास्थ्य उपचार र स्वस्थ्य आवासको लागि काम गर्दैआएको छ ।
मुलुकभरी इँटा भट्टामा करिब ६ लाख बालमजदुर कार्यरत
छन् । एक हजार २९४ इँटा उद्योगमा करिब दुई लाख व्यक्तिले रोजगार पाएका छन् । प्रत्येक वर्ष तीन अर्ब ५० करोडभन्दा बढी इँटा उत्पादन भइरहेको छ भने आगामी सन् २०२० सम्ममा करिब पाँच अर्ब इँटा उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।
Post a Comment