Websoft University

घुस रकमसहित मालपोतका कर्मचारी पक्राउ


काठमाण्डौं,चैत २८ गते । रातो तारा डट कम, सुर्खेत सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतमा कार्यरत दुई कर्माचारी पक्राउ परेका छन् ।

सो कार्यालयका मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा दुई लाख रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।

मोहीबापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख हैरानी दिएको साथैै काम छिटो छरितो गरी दिने भन्दै रु दुई लाख मागेपछि विशेष सूचनाका आधारमा आयोगको टोलीले सो रकमसहित दुबै जनालाई पक्राउ गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.