Websoft University

ट्राफिकले गर्यो जनचेतनामूलक कार्यक्रम


रबिन्द्र बराल रंगेली,माेरङ भदौ ३० गते,शुक्रबार।
रातो तारा डट कम,माेरङकाे रंगेली अस्थायी ट्राफिक चेक पाेष्टले साता ब्यापी कार्यक्रम आज सम्पन्न गरेको छ ।
 बडदो सडक दुर्घटना न्युनिकरण र ट्राफिक सचेतना जगाउने उदेश्यले ईलाका प्रहरी कार्यालय रंगेली र अस्थायी ट्राफिक प्रहरी रंगेलीले शुक्रबार सप्ताव्यापी जनचेतना मुलक कार्यक्रम गरेको हाे ।

नेपाल प्रहरीले र ट्राफिकको आयोजनामा स्थानिय पब्लिक उच्च मा.वि.बाट ट्राफिक सचेतनामूलक र्‍यालीले निकालेर रंगेली बजार, बसपार्क,अस्पताल चाेक र  नगर परिक्रमा गरेको थियो ।

ट्राफिक नियम पालना गरौं,
ढिलो गए अवश्य पुगिन्छ,
हतार गरे भन्न सकिन्न जस्ता नाराका साथ बिध्यार्थीहरुले हात हातमा  प्लेकार्ड बोकी बजार परिक्रमा गरेका थिए ।

साे कार्यक्रममा विधार्थी,शिक्षक,शिक्षिका,नेपाल प्रहरी र जनप्रतिनिधिहरु सहभागीता समेत रहेको थियो ।
र्‍याली पछि कोणसभामा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख प्रहरी निरीक्षक संजिब बाबु खडकाले कार्यक्रमको महत्व तथा उदेश्यबारे प्रकाश पार्नुभएको थियो ।

अस्थायी  ट्राफिकका प्रमुख प्रहरी नायव निरीक्षक दिनेश चौधरीले  ट्राफिक नियामको बारेमा जानकारी दिनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.