Websoft University

मधेसी र तराई बासीका हितमा एमालेले धेरै काम गरेकोछ: केपी ओली

सिमरा, भदौ ३१ गते । रातो तारा डट कम,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई तराईका मधेसी विरोधी भन्नेहरुलाई तराईमा मधेसीकै पक्षमा गरेको एउटा काम उल्लेख गर्न चुनौती दिएका छन्।

शुक्रबार बाराको सिमरामा आयोजित चुनावी सभामा संबोधन गर्दै उनले एमाले नेतृत्वको सरकारले तराईका मधेसी लगाएत
यहाँ बसोबास गर्ने सबै जातीको विकासका लागि धेरै काम गरेको चुनावी सभा बाटै दावी गरेका छन।

म हाम्रा विपक्षीहरुलाई सोध्न चाहन्छु केपी ओली मधेसी विरोधी भन्ने हल्ला त गर्नुहुन्छ उहाँहरु, एउटा कुरा भन्नुस् तराईका मधेसीका लागि मधेसी जनताका लागि उहाँहरुले के गर्नुभयो ?’ ओलीले एमाले नेतृत्वको सरकारले पूर्व पश्चिम राजमार्ग ६ लेनको बनाउने, हुलाकी राजमार्ग आफै बनाउने र पूर्व पश्चिम रेलमार्गको लागि बजेट छुट्याउने काम गरेको दावी गरे। तराईका सुकुम्बासीको घर २० हजार घर बनाउन रकम छुट्याएको पनि उनले दावी गरे।

तराईमा मधेसीमा छिमेकीलाई इनार छुन नदिने, दाइजोको पछाडि लाग्ने र गरिब दुखीलाई बोक्सी भनेर आरोप लगाउनेहरुले एमाले विरुद्ध प्रचार गरेको ओलीले बताए।

अहिले पनि छिमेकीलाई कल र इनार छुन नदिने, दाइजोको पछाडि कुद्ने र गरिब दुखी भए भने आमालाई पनि बोक्सी भन्ने तत्तले एमालेविरुद्ध प्रचार गरिरहेको छ’ उनले भने। वृद्धभत्ता २ हजार एमाले नेतृत्वकै सरकारले दिएको भन्दै ओलीले यसमा आफूलाई सन्तोष लागेको बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.