Websoft University

देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने



काठमाडौं, जेठ २४ गते । रातो तारा डट कम,देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् ।

उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बन्ने भएका छन् ।
माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो ।

उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।
यस्तै गृहमा जर्नादनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।

माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने छलफल भएको थियो । तर, सरकारको नेतृत्वकर्ता दल कांग्रेससाग छलफल नभएकाले निर्णय भएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.