Websoft University

दार्जिलिङ तनावग्रस्त बन्दै, आन्दोलन दबाउन सेना उतारियो



अन्तर्राष्ट्रिय समाचार - बिराटनगर,जेष्ठ २६ गते । रातो तारा डट कम,दार्जिलिङमा राज्य सरकारको ‘क्याबिनेट मिटिङ’ भइरहेका बेला गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले हिजो कार्यक्रम  बिथोल्न खोजेपछि दार्जिलिङ आज तनावग्रस्त बनेको छ ।

राज्य सरकारले बंगाली भाषालाई अनिवार्य गरेको विरोधमा सिंगो दार्जिलिङ आन्दोलित  भइरहेका बेला मुख्यमन्त्री ममता बेनर्जीले पहिलोपटक दार्जिलिङमै क्याबिनेट बैठक गर्ने साहस गरेकी थिइन् ।

दार्जिलिङको भानु भवनमा क्याबिनेट बैठक जारी रहेकै बेला मोर्चा कार्यकर्ताले मुख्यमन्त्री बेनर्जीविरुद्ध चर्का नाराबाजी गरेपछि सुरक्षाकर्मीले केही दर्जन सेल अश्रु ग्यास प्रहार गरेको दार्जिलिङका पत्रकार विमल राईले जनाएका छन् । घटनामा अहिलेसम्म कोही घाइते नभएपनि अवस्था भने तनावग्रस्त रहेको राईले बताए ।

सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी कार्यकर्ता तितरवितर पारेको थियो । सुरक्षाकर्मीको ज्यादती विरुद्ध दार्जिलिङ सहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका क्षेत्रमा मोर्चा समर्थकले स्वतस्फूर्त व्यवसाय र सवारी आवतजावत बन्द गरेका छन् । घटनाको विरोधमा कालिम्पोङमा मुख्यमन्त्री बेनर्जीको पुतला दहन गरिएको छ ।

यस्तै प्रदर्शनकारीले सुरक्षाकमर्मीको दुईवटा जीपमा आगजनी गरेका छन् भने सरकारी बसमा तोडफोड गरेका छन् ।  कान्तिपुर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.