Websoft University

सूचनाको हकको प्रचलन गर्ने सातबुँदे प्रतिबद्धता


काठमाडौ-दाङ, जेठ २५ गते । रातो तारा डट कम-यहाँका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा घोराहीमा भएको कार्यालय प्रमुखहरुको बुधबारको विशेष बैठकले दाङ जिल्लाको सूचनाको हकको प्रचलन गर्ने सातबुँदे प्रतिबद्धता जाहेर गरिएको हो । 

उनीहरुले सूचनाको हकसम्बन्धी ऐन र नियमावली बमोजिम प्रत्येक कार्यालयले सूचना मागसम्बन्धी निवेदनको छुट्टै दर्ता किताब र फाइल खडा गरी सूचना माग भएको र प्रवाह भएको विवरण अद्यावधिक गर्ने, मासिकहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सूचना अधिकारीको बैठक बस्ने, प्रत्येक तीन तीन महिनामा व्यतित भएको १५ गतेका दिन सूचना अधिकारीको सामूहिक पत्रकार भेटघाट गर्ने, सूचना लिने दिने संस्कृतिको विकास गरी पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न पूर्ण प्रतिबद्धतालगायतका सातबुँदे लिखित प्रतिबद्धता जाहेर गरिएको छ । 

सो अवसरमा प्रमुख सूचना आयुक्त बाँस्कोटाले सरकारी कार्यालय तथा अन्य सेवाप्रदायक संस्थाले नागरिकलाई सहज सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको काम खुला र पारदर्शी बनाउँदै सरकारी तथा सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही बनाउन सूचनाको हकसम्बन्धी ऐन ल्याएको बताउँदै सूचनामा आमनागरिकको पहुँच सजिलोसँग पु¥याउँदै नागरिकको सुसूचित हुने हक संरक्षण गर्नुपर्ने बताउनुभयो । 

सो अवसरमा दाङका प्रजिअ, मेघनाथ काफ्लेले दाङका सरकारी निकायले प्रत्येक महिनामा आफ्ना कार्यालयका गतिविधि सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.