Websoft University

विद्युत चोरी गर्ने १४० जनालाई कारबाही



विराटनगर कात्तिक २३ गते।
विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले कात्तिक लागे यता विद्युत चोरी गर्ने एक सय ४० जनालाई कारवाही गरेको छ । विद्युत् चोरी गर्ने उनीहरुका साथबाट प्राधिकरणले पाँच दर्जन बढी टिभी, रेफ्रिजेरटर, स्टेप्लाइजर, इनभटर, मोटर, फेन, तार समेत बरामद गरेको छ ।

चोरी गर्नेहरुबाट विद्युत् प्राधिकरणले नौ लाख ९२ हजार बराबरको जरिमाना असुल गरेको छ । प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख शम्भु कुसियत यादवले विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणले कडाई थालेको बताउनु भयो ।
विराटनगरमा अहिले मासिक २ करोड युनिट विद्युत् खपत भइरहेको छ ।

विद्युत् चोरी गर्नेलाई खपत गरे अनुसारको एक वर्ष बराबरको रकम तथा थप त्यतिनै जरिवाना लिइने यादवको भनाइ छ । पुनः अटेर गरी चोरी गरेको पाइए विद्युत ऐनमा त्यसको दुई गुणा जरिवाना गर्ने व्यवस्था छ । यसका साथै विद्युत् प्राधिकरण केन्द्रले विराटनगरलाई तार, फ्युज तथा ट्रान्सफर्मर थप गर्नका लागि पहल भइरहेको जनाएको छ ।

सरकार परिवर्तन भए यता विद्युत महशुल नतिर्नेको लाइन काट्ने कामलाई पनि तीब्रता दिइएको उहाँले बताउनु भयो । यादवका अनुसार कात्तिक महिनाभरमा विद्युत महसुल नतिर्ने ८७ जनाको लाइन काटिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.