Websoft University

घर आँगन बचत तथा ऋण सहकारी सस्थाको एघारौं वार्षिक साघारण सभा सम्पन्न्न


शिव भट्टराई, मोरङ मंसिर १ गते । रातो तारा डट कम,
मोरङ को सुन्दरहरैचा ७ मा  रहेको  घर आँगन बचत तथा ऋण सहकारी सस्था लि ले आफ्नो ११ औ वार्षिक साधारण सभा सप्पन्न  गरेको छ।

पन्चायत मा बी को प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण  सहकारी संघ मोरङका  उपाध्यक्ष प्रेम प्रकास कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेम प्रकाश कोइरालाले कुनै पनि  संस्थाको साधारण सभा सर्बोच्च निकाय  भएको बताउदै आफुले लगानी गरेको सहकारी मा सेयर सदस्यले स्वम सस्था को गतिविधि प्रती ख्याल गर्नु पर्ने र नया नया  विषयमा गोस्टी तालिम को आयोजना गर्दै अगाडि बड्नु पर्ने मा जोड दिएका थिए।

यस्तै विशिष्ट अतिथी मा सुन्दरहरैचा वाड न ७ का वडा अध्यक्ष चैतान्य सिटौला  साथै अतिथिहरुमा साना किसान सुन्दरपुर का अध्यक्ष रबिन्द्र आचर्य , खानेपानी उपभोता समिति का अध्यक्ष भक्ति सिटैला, कादम्बिनी कृषि सहकारि का अध्यक्ष सिताराम भट्टराई, सस्था का सस्थापक अध्यक्ष  देबि  सिटौला  लगायत बुद्धिजीवी समाजसेवि र सहकारी बिज्ञहरु को उपस्थिति रहेको थियो।

सस्था ले सेयर सदस्य हरु का परिवार मध्धे बाट जेष्ठ नागरिक मा १११ बर्सिय महेस्वरा अधिकारी १०० बर्सिय मनमाया लुइँटेल र ८५ बर्स भन्दा माथी का अन्य ४ जाना जेस्ठ नागरिक, क्भभ मा उत्कृष्ट  अङ्क हासिल गर्ने छात्र तर्फ प्रबेश आचर्य  छात्रा तर्फ  सदिक्षा भट्टराई लाई  नगद सहिद सम्मान गरेको थियो। यसैगरि सस्थाले उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता,  बाल बचत कर्ता लगायतलाई सम्मान गरेको थियो। यस्तै अन्य थुप्रै बिधा हरु मा पनि सस्थाले आफ्ना सेयर सदस्य हरु लाई सम्मान गरेको थियो ।

सस्थाले बिर्क्षारोपण कार्यक्रम, रत्तदान स्वास्थ शिवीर सरसफाइ अभियान र सार्बजानिक चासोका विषयमा सहकारी सस्थाले अरु काम गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष उमेश उप्रेतीको सभापतित्व रहेको थियो।
सो कार्यक्रम सस्था का सचिब अम्बिका प्रसाद सापकोटाद्वारा सञ्चालन गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.