Websoft University

विराटनगर महानगर र छिमेकी भारतका दुइ स्थानीय प्रमुख,उपप्रमुख वीच भेटवार्ता नेपाल भारतका दुइ छिमेकी स्थानीयतह वीच समन्वय आबश्यक भएको धारणा


विराटनगर कार्तिक ३ गते । रातो तारा डट कम,छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तह वीच समन्वय आबश्यक रहेको सरोकार सम्वन्ध व्यक्तिह?ले बताएका छन् । जोगवनी नगरपञ्चायत ,फारविसगन्जका मेयर,उपमेयर र वडा पार्षदहरु सम्मिलित आइतवार विराटनगर महानगरमा भएको भेटवार्तामा सहभागिह?ले यस्तो बताएका हुन् ।

जोगवनी नगरपञ्चायत मेयर अनिता देवी , फासविस गन्ज नगरपालिका उपमेयर मोती खान, भाजपा जोगवनी नगर पन्चायतका अध्यक्ष राजनन्द यादव र जोगवनी र फारविसगन्जका विभिन्न वडाका पार्षद,उपपार्षदह? र विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सम्मिलित भेटवार्तामा सहभागिहरुले दुवै देशका छिमेकी स्थानीय तह संग समन्वय आबश्यक रहेको औल्याएका थिए ।

भेटबार्ता तथा छलफलका क्रममा विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठक वसी समाधान गर्ने,लागूऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रणका लागि समन्वय गर्ने,मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने सहमती भएकोछ। 

यस्तै विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदका वीचमा भगिनि सम्वन्ध कायम गर्न प्रक्रिया अगाडी वढाउने विषयमा समेत छलफल भएको थियो । यस्तै नेपाल भारतको सीमाबर्ती नगरपालिकाह?को वीचमा भाइचारा,सद्भाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एकपटक पदाधिकारी सम्मिलित बैठक बस्ने निर्णय समेत भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु
भयो ।
मेयर पराजुलीले दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसंग भएको समन्वयात्मक भेटवार्ता समयअनुकुल रहेको र सफल भएको बताउनु भयो । यसखाले कार्यक्रमले दुवैदेशका छिमेकी स्थानीयतह वीच समन्वय हुन सक्दा दुवै देशलाई फाइदा हुने विस्वास मेयर पराजुलीको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.