Websoft University

ईक्राहीमा माटो उत्खनन गर्दै गरेका ट्याक्टर प्रहरी नियन्त्रण


बिराटनगर कार्तिक ४ गते । रातो तारा डट कम, अन्दाजी १ बजेको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित ईक्राहीमा अवैध रूपमा माटो उत्खनन गरिरहेको को २ त ४५८, को २ त ९०००, को २ त ३६३२ र को १ त ४९०५ नम्बरको ट्रयाक्टरहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय विराटनगरमा बुझाईएको ।

त्यसैगरी जिल्ला मोरङ केराबारी गा.पा.९ स्थित भलुवा खोलामा को २ त ५४५३ नं.को ट्याक्टरमा अबैध रुपमा ढुङ्गा लोड गर्दै गरेको अबस्थामा ईप्रका केराबारीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त ट्याक्टर ईप्रका केराबारीमा ल्याई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.