Websoft University

उधोग संगठनले गर्यो आज शुभकामना आदान प्रधान


बिराटनगर कार्तिक ६ गते । रातो तारा डट कम,वडा दशै, शुभ दिपावली, छठ पर्व लगायतका राष्ट्रिय पर्वको अवसरमा उद्योग संगठन मोरंङले विगत वर्षहरु जस्तै यस वर्ष पनि शुभकामना आदान प्रदान कार्यक्रम आज भव्यताका साथ सम्पन्न गरेको छ ।

प्रदेश प्रमुख माननीय प्रा.डा. गोविन्द वहादुर तुम्वाहाङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमा संगठनका अध्यक्ष्ँ भीम घिमिरेले उपस्थित सवैलाई स्वागत गर्दै शुभकामना व्यक्त गर्नु भयो. उहाले वडा दशै, दिपावली तथा छठ पर्वमा विगत वर्ष जस्तै यस वर्ष पनी आयोजना गरेको कार्यक्रममा सवै क्षेत्रका महानुभावहरुको सहभागीतले संगठनको गरिमालाई थप उचाईमा पु¥याएको वताउनु भयो ।

उहाले असत्यमाथि सत्यको विजयी भई सबैमा सुखको अनुभूति होस भन्ने कामना गर्नु भयो । शुभकामना कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख माननीय प्रा.डा.गोविन्द वहादुरतुम्वाहाङले उद्योग फस्टाउन शान्तिको आवश्यक हुने र शान्तिपूर्ण वातावरण निर्माणका लागि सबैजात जाति वीच पारस्परिक सम्वन्ध र एकताको आवश्यकता हुने भएकाले स्थानीयmचाडपर्वले आपसी सद्भाव मजबुत वनाउन सहयोग पु¥याउने वताउदै सबैको सुस्वाथ्य दीर्घायूको कामना गर्नु भयो ।

प्रदेश नं. ! का माननीय सभामुख प्रदीप भण्डारीले हाम्रो चाडपर्वले आपसी भाईचारा र एकता वढाउने, सामाजिक सद्भाव कायम राख्नेले भएकाले चाडपर्वको मौलिकतालाई जोगाउदै आफ्नो संस्कृतिको संरक्ष्ँण गर्नु पर्ने धारणा राख्दै सबैमा शुभकामना व्यक्त गर्नु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुललीले हाम्रो चाडवर्पले सतमार्ग र सतपथमा हिड्न पे्ररणा दिने भन्दै मुलुकको प्रगति पथमा अगाडी वढोस भनि कामना गर्दै सबैमा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा ईटहरी, धरान, ईनरुवा, दमक र उर्लावारी उद्योग वाणिज्य संघका नवनिर्वाचित
अध्यक्ष पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरुको स्वागत तथा सम्मान गरिएको थिया, भने उक्त अवसरमा तिहार लक्ष्ँित सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने । कार्यक्रममा प्रदेश सरकारका मंत्री, संघिय तथा प्रदेशका सभासद, प्रदेशका मन्त्रालयको सचिवहरु, संगठनका पूर्व अध्यक्ष्ँ, कार्यकारि समितिका सदस्यहरू , विभिन्न संघ÷संस्थाका अध्यक्ष एवं कार्यसमिति सदस्यहरू , विभिन्न राजनितीक दलका प्रतिनिधिहरू , ट्रेड युनियनका प्रतिनिधिहरु, उद्योगी÷व्यवसायीहरू , वौद्धिक वर्ग, गैर सरकारी संस्थाका प्रमुखहरु, प्राध्यापक, डाक्टर, संचारकर्मि लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.