Websoft University

नेपाली सेनाले ६ जिल्लामा ‘हरियाली प्रबद्र्धनमा जोड् दिने


काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम,सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफूलको विरुवा’ लाई सफल पार्न नेपाली सेनाले ६ जिल्लामा ‘हरियाली प्रबद्र्धनमा नेपाली सेना’ कार्यक्रमको आयोजना गरी ‘एक सिपाही, एक फलफूलको विरुवा’ अभियानको सुरु गरेको छ ।

 धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजारमा आयोजित एक कार्यक्रमको वीच नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एभोकाडोको विरुवा रोपेर अभियानको सुरुवात गर्नुभएको हो ।  ‘फलफूल रोप्न बढाउ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने मूल लक्ष्य लिई २ नम्बर बाहिनी अड्डा अन्र्तगत धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र संखुवासभामा तैनाथ सम्पूर्ण गणगुल्महरुले स्थानीय तह र सरोकारवाला निकायहरुसँग सहकार्य गरी वृक्षारोपण गर्नेछन् । 

अभियान अन्र्तगत विभिन्न प्रजातीका २० हजार फलफुलको विरुवा रोपिने नेपाली सेनाले जानकारी दिएकोछ । बृक्षरोपण गरिएका विरुवाहरुको संरक्षण स्थानीय तहमा गठनभएका  समितिले गर्ने तथा समय समयमा जिल्लामा रहेका सेनाको युनिटले समेत अनुगमन गर्ने जनाइएको छ ।  






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.