Websoft University

महिला भलिबल टिम प्रशिक्षणका लागि थाइल्याण्ड जाने


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम,राष्ट्रिय महिला भलिबल टिम वैदेशिक प्रशिक्षणका लागि थाईल्याण्ड जाने भएको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि महिला टिम असोज २९ गते थाईल्याण्ड जाने तय भएको हो । टिम म्यानेजर रिता कोईरालाका अनुसार २२ सदस्यीय नेपाली टिम थाईल्याण्ड जान लागेको हो । टिममा १८ खेलाडी, तीन प्रशिक्षक र एक टिम म्यानेजर रहनेछन् । मुख्य प्रशिक्षक जगदिश भट्टले थाईल्याण्ड पुगेपछि मात्र नेपालले खेल्ने टोलीको टुङ्गो लाग्ने बताउनुभयो । साग र एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि थाईल्याण्डमा वैदेशिक प्रशिक्षकको व्यवस्थापन गरिएको हो । त्यहाँ रहदा नेपाली टिमको विशेष अभ्यासका साथै केही मैत्रीपूर्ण म्याच समेत खेल्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.