Websoft University

तरकारी कृषकहरुको गुनासो बढ्दै,


काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम,तेह्रथुमका किसानहरु आफूले उत्पादन गरेको तरकारीको मूल्य तोक्न नपाएको भन्दै गूनासो गरेका छन् । व्यापारीहरुले किसानका बारीमै पुगेर लगानी गर्न थालेपछि किसानले आफुले उत्पादन गरेको तरकारीको मुल्य तोक्न नपाएकोमा गूनासो गरेका हुन् । उत्पादक किसान वर्षेनी आफुले उत्पादन गरेको तरकारीको उचित मुल्य पाउन बाट बञ्चित भएका हुन् । तेह्रथुम, धनकुटा र संखुवासभाका किसानले लगाएको तरकारी बारीमै यतिबेला व्यापारी आफ्नै कामदार र सवारी साधन लिएर तरकारी काट्न पुग्ने गरेका छन्् । व्यापारीले किसानलाई बन्दा, काउली, आलु, मुला, मटरकोसा लगायतका तरकारी बाली रोप्ने समय देखिनै लगानी गरिदिएको किसानको भनाई छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.