Websoft University

पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं,

काठमाण्डौं कार्तिक ४ गते । रातो तारा डट कम,बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको पारिवारिक कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” को अहिले पोष्ट प्रोडक्सनको काम धमाधम भैरहेको छ  ।
शंकर अधिकारी घायलको लेखन तथा  निर्देशन रहेको चलचित्रमा युवा युवती विच हुने  त्रिकोणत्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।कला राईको प्रस्तुती चलचित्रमा रहेको छ  ।  

चलचित्रमा राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गगा कुवर,लक्ष्मी श्रेष्ठ ,हेम लता घिमिरे ,लक्ष्मण भण्डारी ,विशाल सुनुवार को अभिनय रहेको छ ।  बिश्वास भण्डारी को सम्पादन रहेको चलचित्रमा रामकृष्ण कडेल को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य कबिन खड्का को श्रीङार रहेको निमार्ण पक्षले बताएको छ  । 

पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार ,शंकर अधिकारी घायलको संगीत मा ,नित्याशिवा,पुरुषोत्तम न्यौपाने सिडि बिजय अधिकारी ,ममता मगर को स्वर अनि दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको शब्द रहेको 
छ । चलचित्रलाई पौष ११ मा अल नेपाल रिलिज गरिने निमार्ण पक्षले बताएको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.